काठमाडौं १ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानमान महाशाखा अनुसार अहिले अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
बुधबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।
दिउँसो बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु–भागमा साधारणतया बदली रहि बाँकी भू–भागमा आँशीक बदली रहने पूर्वानुमान छ ।
राति मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
धेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।